ताजा समाचार

मुख्यमन्त्री पाैडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन्।

मुख्यमन्त्री पौडेल मुटुको एनजिओप्लाष्ट गरेर शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा  आराम गरिरहेका छन ।

उनले लाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।  स्वास्थ्यमा समस्या देखिएर आइतबार पौडेको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणिअधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। डा अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ। अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको  छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org