ताजा समाचार

एकता प्रक्रियामा गरेका प्रतिवद्धताबाट दायाँबायाँ गर्ने छुट कसैलाई छैनः अध्यक्ष प्रचण्ड

पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया र त्यस बेला गरेका प्रतिवद्धतामा दायाँबायाँ गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।

आज (बिहीबार) पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने,  बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’

आफू काठमाडौं फर्किएपछि फेरि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने उनले बताए । त्यसपछि मात्र केही भन्न सकिने भन्दै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं ।’

प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र अर्का अध्यक्ष ओलीबीच कुराकानी भइरहेको र शनिबार सचिवालय बैठक राखिएको बताए । पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिका सन्दर्भमा आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार भइरहेको भन्दै उनले भने, ‘मेलै भनेर सुरु भयो जसरी प्रचार भएको छ, यो सत्य होइन । मैले बोल्नुभन्दा पहिले सार्वजनिक भएका थिए ।’यसबाट पनि कसैले खेल्न खोजेको छ भन्ने प्रष्ट भएको उनले बताए । ‘एकता प्रक्रिया र त्यसबेला गरेका प्रतिवद्धतामा दयाँबायाँ गर्ने छुट कसैलाई पनि छैन’ उनले भने, ‘जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्प बाहिर जान मिल्दैन ।’

अध्यक्ष प्रचण्डले पोखरा आउँदा माइत आएजस्तै लाग्ने पनि बताए। ‘कास्की पोखरामा आउँदा कताकता माइत आएको जस्तो फिल हुन्छ’, उनले भने, ‘आफ्नो पन, सबै बचपनका यादहरू ताजा  भएर आउँछन्।’ उनले नेपालकै सबैभन्दा सुन्दर पर्यटकीय नगरी पोखरा भएको कारणले पनि पोखराको आफ्नै चमक रहेको र त्यसको छुट्टै महत्व रहेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org