ताजा समाचार

प्रचण्डलाई अत्यन्तै विश्वास गरें, सहमतिपत्र नपढेरै हस्ताक्षर गरेको हुँः प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् ।

पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ ।

उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ ।’

सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वातामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो ।

पार्टी एकताको अघिल्ललो दिन पार्टी महासचिव बिष्णु पाैडेल र नेता जनार्दन शर्मा ‘प्रभाकर”लाई साक्षी राखेर पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तर, अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले लेखेर ल्याउन भनेपछि आफूले लेखेर ल्याएको जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org