ताजा समाचार

कोइरालाको जन्मजयन्तीमा कांग्रेसले लाखबत्ती बाल्ने

चितवन । नेपाली कांग्रेसले पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीका अवसरमा लाखबत्ती बाल्ने भएको छ ।

नेपाली कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरू गरेको हो ।

दुई सय वटा प्यालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए । योसँगै नारायणी किनारमा हुने श्री गण्डकी नारायणी संरक्षण महाआरतीको बुधवारको खण्ड स्व कोइरालाको नाममा समर्पित गरिने र जसका लागि लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले जानकारी दिए ।

लाखबत्ती र दीप प्रज्वलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा. मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाएको छ ।

पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org