ताजा समाचार

प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा डिआइजीलाई पठाइने

काठमाडाैं । प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरिक्षक (डिआइजी)लाई पठाइने भएको छ ।

नेपाल प्रहरीलाई प्रादेशिक संरचनामा लैजान भन्दै आज बसेको राज्य व्यवस्था सुशासन समितिले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा डिआइजीलाई पठाउने सहमति गरेको समितिका सदस्य झपटबहादुर रावलले जनाए ।

नेकपाका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने प्रस्ताव राखेका थिए । तर, आज बसेको समितिको बेठकले भने डिआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने निर्णय गरेको हो ।

प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेर जाने प्रहरीले प्रदेश प्रहरीकै पोसाक र दर्ज्यानी चिन्ह लगाउने वा के गर्ने भन्नेबारे समेत छलफल भइरहेको रावलले जनाए । भने, प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रहरीको सेवा सुविधा, पोसाक, दर्ज्यानी चिन्ह संघीय ऐन मातहत रहेर बन्ने प्रदेस प्रहरी कानुन अनुसार हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org