ताजा समाचार

गाैतम बुद्ध विमानस्थल निर्माण सम्पन्न मै प्रधानमन्त्रीले मेरो परिक्षा लिने होः पर्यटनमन्त्री भट्टराई

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवाको गाैतमवुद्ध विमानस्थल निरिक्षण गर्दै प्रधानमन्त्रीले आफूलाई परिक्षण गर्ने यहि परियोजनामा रहेको जनाएका छन् ।

विमानस्थल निर्माण आउँदो डिसेम्बर ३० सम्म जसरी पनि सम्पन्न गर्नुपर्ने जनाएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विमानस्थल र लुम्बिनीको महत्वपूर्ण भुमिका रहने उनको दाबी छ ।

जुनसुकै अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रधानमन्त्रीज्युले भन्नुभएको छ, डिसेम्बरमा हामी आयोजनाको काम सम्पन्न गर्छौं र तपाईहरुलाई लुम्बिनीमा स्वागत गर्न आतुर छौं, मन्त्रीको जिम्मेवारी दिएपछि बधाई दिने क्रममा पहिलो जिम्मेवारीकै रुपमा गौतमबुद्ध विमानस्थलको आयोजनाबारे मलाई भन्नुभएको छ, प्रधानमन्त्रीज्यूले लिने परीक्षा पनि यही हो’, मन्त्री भट्टराईले भनेका छन् ।

राष्ट्रिय गाैरवको आयोजना भएकाले समेत यसलाई समयमै निर्माण सम्पन्न गरेर नेपाललाई सुखी र संवृद्ध बनाउन लागि पर्न सबैलाई उनले आग्रह समेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org