ताजा समाचार

प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं । भर्खरै मात्र सिंगापुरबाट स्वास्थ्य उपचार गराएर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेपछि नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा पुगेका सचिवालयका नेताहरु बैठक हलमा उपस्थित भएपनि प्रधानमन्त्री ओली तल ओर्लेनन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली कहाँ पुग्दा ज्वरो आएको र जीउ दुखेको जनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

यद्यपी प्रधानमन्त्री ओलीले आफू ठिक भएको भन्दै ट्विट गरेका थिए । उनले एयरपोर्टमा पत्रकारलाई समेत प्रतिक्रिया दिन मानेका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org