ताजा समाचार

गैंडालाई राइनो भनेर माैलिक नाम नबिगाराैंः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई राइनो नभन्न अन्तराष्ट्रिय जगतसँग आग्रह गरेका छन् ।

विश्व कै दुर्लभ र आकर्षक एकसिंगे गैडा नेपालमा मात्र पाइने भन्दै प्रधानमन्त्री ओलीले गैंडाको माैलिक नाम बिगारेर राइनो भन्न नहुने तर्क राखेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘यो राइनो हैन, गैंडा हो गैंडा, यसको मौलिक नाम नबिगारौं। यो राइनो होइन।’

एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनलाई राजधानी काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् ।

नेपालमा बलियो र स्थयी सरकार बनेकाले विकासका कामहरु तीब्र गतिमा भइरहेको र पर्यटन प्रबर्द्धनमा नेपालले अन्तराष्ट्रिय जगतसँग समन्वय गर्न चाहेको प्रधानमन्त्रीको भनाई थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org