ताजा समाचार

किर्तिपुर नगरपालिकामा मेयर उप-मेयरलाई हाफ पाइन्ट लगाएर भेट्न नपाइने !

काठमाडाैँ । कीर्तिपुर नगरपालिकाले भेटघाट गर्न शिष्ट र मर्यादित पोसाकमा आउन अनुरोध गरेको छ ।

गर्दै

नगरपालिकाले सूचना निकाल्दै मेयर र उपमेयरलाई भेट्न हाफ पाइन्ट तथा भड्किला लुगा लगाउन रोक लगाएको छ भने भेट्ने समय पनि तोकिदिएको छ।

त्यस्ता पोसाक लगाउन नपाउने र २ बजेपछि मात्रै भेट्न पाउने निर्णय गरेको हो। चिनजानका मान्छेहरू मनपरी समयमा आउने र अमर्यादित ढंगले हाफ पाइन्ट लगाएर आउन थालेपछि यस्तो सूचना निकाल्न परेको नगरपालिकाले जनाएको छ।

‘सेवाग्राहीभन्दा पनि बढी चिनजानका मान्छेहरू कार्यालयभित्र हाफ प्याइन्ट लगाएर आउन थाले, त्यसलाई निरुत्साहित गर्नका लागि सूचना निकालेका हौं,’ कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले भने,‘हाफ पाइन्ट पनि मनपरी ढंगको भएपछि बाध्य भएका हौं।’

किसान तथा अन्य सेवाग्राहीभन्दा पनि आफ्नै चिनजानहरूलाई आफूले भन्दा भन्दा थकित भएपछि सूचना निकालिएको प्रमुख महर्जन बताउँछन्।

नगरपालिकाले यसरी सूचना निकालेपछि आलोचना भइरहेको छ।

कतिपयले सुट-पाइन्ट लगाएर आउन पर्ने लगायतका अनेक अर्थ लगाएको प्रमुख महर्जनले गुनासो गरेका छन्।

साथै, आवश्यक कामकाजका लागि आएका जो कोहीलाई पनि भेट्न रोकतोक नभएको बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org