ताजा समाचार

एकता ढिलाई हुँदा पार्टी र सरकारलाई बद्नाम गराउने सक्रिय बने, लाखाैं कार्यकर्ता परिचालन गर्छाैंः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले  पार्टी र सरकारका कामबारे गलत प्रचार गर्न विभिन्न चलखेल भएको भन्दै लाखाैं कार्यकर्ता परिचालन गर्ने जनाएका छन् ।

कम्युनिष्ट एकतालाई समय मै टुंगोमा पुर्याउन नसक्दा कम्युनिष्ट विरोधी शक्तिले चलखेल र बद्नाम गराउने माैका पाएको जनाएका हुन् ।

नेकपाको विदेश मामिला विभागका प्रमुख माधव नेपाल र उपप्रमुखद्वय राम कार्की र विष्णु रिजाललाई पदस्थापन कार्यक्रमलाई बिहीबार तुलसीलाल अमात्य प्रतिष्ठानमा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता ३ महिनाभित्र सकिनुपर्नेमा विभिन्न कारणले गर्दा लामो समय लागेकोप्रति चिन्ता व्यक्त गरे ।

प्रचन्डले भने, ‘पार्टीका लाखौं कार्यकर्ता परिचालन हुन नसक्दा विरोधीले कम्युनिस्ट पार्टी र सरकारविरुद्ध भ्रम फैलाउने मौका पाए ।’

अध्यक्ष प्रचण्डले अब माथिबाटै योजना बनाएर वैचारिक, सांगठानिक र जनताबीच प्रचारात्मक हिसाबले ठूला अभियान सञ्चालन गर्ने सोच नेतृत्वले बनाएको जानकारी समेत दिए ।

यस्तै नेता नेपालले अब विदेश विभागले कम्युनिष्ट एकतालाई बलियो र सुदृढ बनाएर आम अन्तराष्ट्रिय समुदायसँग जानकारी गराएर एकताको सन्देश दिने दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org