ताजा समाचार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर आज स्वदेश फर्किएका छन् ।

गएको भदाै ५ गते पुनः स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओलीको शरिरमा एन्टिबडीको मात्रा बढेपछि प्लाज्मा फेरिसस गरिएको थियो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री ओलीलाई पत्रकारलाई कुनै प्रतिक्रिया नदिएर बालुवाटारतर्फ प्रस्थान गरेका हुन् । यसअघि समेत उनले विमानस्थलमा आफू ठिक भएको भनेका थिए । तर, त्यसको केहि दिनमै पुनः सिंगापुर उपचारमा निस्किएका थिए ।

उनले यसरी प्रतिक्रिया नदिएपछि उनको सर्वत्र विरोधश समेत भएको थियो । देशको प्रमुख कार्यकारीको स्वास्थ्य स्थिति आम चासोको विषय भएपनि उनी प्रतिक्रिया नदिएर बालुवाटार प्रस्थान गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org