ताजा समाचार

झाँक्रीले पेटमा प्वाल पारेर गरेको गलत उपचारपछि मृत्यु भएपनि प्रहरीले उजुरी लिन मानेन

काठमाडाैं । झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भएपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ ।

दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो ।

राजुको शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । मंगलबारसम्म शव परिक्षण गरिएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

लामा झाँक्रीविरुद्ध जाहेरी दिन गएका आफन्तजनलाई मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org