ताजा समाचार

राष्ट्रपति भण्डारीद्वारा २६० को कैद कट्टा, २२ जनाले पाए माफी !

काठमाडौं । राषट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा २ सय ६० जना कैदी-बन्दीको कैद सजाय कट्टा गरेकी छन् । २२ जनाले माफी पाएका छन् ।

संविधानको धारा २७६ को फाैजदारी कसुर ऐन, २०७४ मा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद सजाय मिनाह गर्न सक्ने व्यवस्था छ । यहि व्यवस्था अनुसार राष्ट्रपतिले कैद सजाय कट्टा तथा मिनाह गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार कैद कट्टा हुनेमा भीमबहादुर शेर्पा लगायत छन् । त्यस्तै, संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ । यसरी सजाय माफी हुनेमा रामकिशोर साह तेलीलगायत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org