ताजा समाचार

चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गरेर जापान भ्रमणमा निस्किदै राष्ट्रपति भण्डारी !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापानको राजकिय भ्रमणमा निस्किने तयारी सुरु भएको छ।

जापानका सम्राट नारुहितोको निम्तामा राष्ट्रपति भण्डारी जापान भ्रमणमा निस्किने तयारी तीब्र पारिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अक्टोबर अन्तिम साता वा नोभेम्बर पहिलो सातासम्म राष्ट्रपति भण्डारीको जापान भ्रमण हुनेछ ।

अक्टोबर दोस्रो साता चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण हुने सम्भावना रहेकाले त्यसपछि हुनेगरी राष्ट्रपति भण्डारीको जापान भ्रमणको मिति तय गरिने सरकारी अधिकारीहरुले बताएका छन् । भ्रमण अक्टोबर अन्तिम साता हुनसक्ने एक उच्च अधिकारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org