ताजा समाचार

गुट उपगुट बनाउन तछाड मछाड गर्न पार्टी एकता गरेका होइनौँ: प्रचण्ड

एउटा आन्दोलनको आवश्यक छ, पूर्वी युरोपका कम्युनिष्टको जस्तै हुन सक्ने स्थिति आउन सक्छ

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी एकता आपसी गुट उपगुटबीचको तछाड मछाडका लागि नभई समाजवादी लक्ष्य प्राप्तीका लागी भएको बताएका छन ।

आज (सोमबार) नेकपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित सहाना प्रधान पाचाैँ स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले मार्क्स्वाद दृष्टिकोणमा आधारीत रहेर नेपाली जनवादी क्रान्तिलाई सफल पार्न प्रधानको अतुलनीय योगदान गरेको जनाए ।

पुष्पलाल लगाएतका नेताहरुले कष्टपूर्ण जीवन व्यतित गर्दै निष्पक्ष, निर्भिक र कम्युनिष्ट आन्दोलप्रति इमान्दार भएर आन्दोलनमा लागेकै कारण नेपालमा क्रान्ति सम्पन्न हुने चरणमा प्रवेश गरेको प्रचण्डको जिकिर थियो ।

नेपालमा जरा गाडेर बसेको निरंकुशतन्त्र समाप्त पारेर जनताको जनवाद स्थापन गर्न विभिन्न चरणका आन्दोलन र जनयुद्धले भुमिका खेलेको स्मरण गर्दै प्रचण्डले भने आन्दोलनको क्रममा रहेकला कम्युनिष्ट र सत्तामा रहँदाका कम्युनिष्टको आचरण व्यवहार स्खलित हुन थालेको हो की भन्ने आन लाग्न थालेको समेत जनाए ।

नेकपाको नाम कम्युनिष्ट भनिपनि भनेकै भरमा कम्युनिष्ट हुन नसकिने प्रचण्डको टिप्पणी थियो । उनले भने, पार्टीको नाम कम्युनिष्ट भनेर राखेपनि आचरण व्यवहार कांग्रेस जस्तै देखिएपछि जनताको आक्रोश हुनु स्वभाविक हो ।

संविधानमा समाजवाद भनेर उल्लेख गर्दैमा समाजवादको चरणमा प्रवेश गरिसकेको भनेर भन्न नसकिने भन्दै प्रचण्डले पूर्वी युरोपमा कम्युनिष्ट जस्तै बन्न सक्ने खतरा रहेको समेत स्पष्ठ पारे ।

के गर्छौ भन्ने कुरा को अर्थ हुने तर के भन्छौ भन्ने कुरा गौण रहेको प्रचण्डको दाबी थियो । भनाइ भन्दा गराई पक्ष राम्रो नभएमा क्मयुनिष्टप्रति जनताको विश्वास टुट्ने उनको भनाई थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org