ताजा समाचार

विप्लव नेकपाका उपत्यका इन्चार्ज पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतले गएराति बिक पक्राउ परेको पुष्टि गरेको छ ।

यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो । तर, जिम्मेवारी सम्हालेको केही महिनामै बिक पनि पक्राउ परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org