ताजा समाचार

नेमकिपामा बिजुक्छेको राज कायम पुनः अध्यक्षमा चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) पुनः नयाँ कार्यकालका लागि अध्यक्ष बनेका छन् ।

नेमकिपाको साताैं महाधिवेशनले पार्टी अध्यक्षमा बिजुक्छेलाई अध्यक्षमा निरन्तरता दिएको हो । ४४ वर्षदेखि बिजुक्छेले अध्यक्षता गर्दै आएको नेमकिपामा उनको राज पुनः दोहोरिएको हो ।

६ सदस्यीय कार्यसमिति चयन गर्दै अध्यक्ष बिजुक्छेले पार्टी अध्यक्षका लागि नयाँ अनुहार अगाडी सार्ने चर्चा समेत चलेको थियो तर, अन्तिममा आएर उनले आफुलाई अध्यक्ष बनाएरै छाडेका छन् । नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, मोहनप्रसाद प्रजापति र जग्यबहादुर शाही चयन भएका हुन् ।

महाधिवेशनले चयन गरेको नयाँ कार्यसमितिले सोमबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेको नेमकिपाले जनाएको छ ।

जनताको प्रजातन्त्र तत्कालीन कार्यक्रमको रुपमा अगाडी सार्दै नेमकिपाको महाधिवेशन सकिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org