ताजा समाचार

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिदै

काठमाडाैं । सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा खानेपानी मन्त्रालयले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएको हो ।

यहि असोज १३ गते सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागेको खानेपानी मन्त्रालयले जनाएको छ । नेपालका सबै जिल्लाहरु खुला दिसामुक्त भइसकेको र सरकारको आर्थिक वर्ष २०७६/७७ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार यो वर्ष खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको थियो ।

नेपाललाई खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाई तर्फ अग्रसर नेपाल घोषणा गर्ने कार्यक्रम आयोजना हुन लागेको भन्दै खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेसकुमार शाक्यले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org