ताजा समाचार

आइजीपी खनाललाई बर्खास्त गर्ने सरकारको तयारी, एआइजी कार्कीलाई कार्यकारी बनाइदै !

काठमाडाैं । सरकारले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई वर्खास्त गर्ने तयारी तीब्र पारेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार महानिरिक्षक खनालले पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेकोबारे अख्तियारले अनुसन्धान थालेपछि उनलाई बरखास्त गर्ने तयारी थालेको हो ।

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ । उनलाई बर्खास्त गर्ने तयारी थालेसँगै सरकारले प्रहरी तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको सरुवा निर्णय गर्यो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालयमा सरुवा गरी मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुईवटा विभागको नेतृत्व हेर्ने जिम्मेवारी दिइएको छ । मुख्यालयमा रहेका एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

कार्की खनाल आइजीपी बन्ने बेलाका प्रमुख दावेदार थिए । त्यसबेला देखि नै उनीहरुबीच बोलचाल नभएको प्रहरी स्रोतले जनाउने गरेको छ । तर, अहिले सरकारले कार्कीलाई उनको मातहतको मुख्य जिम्मेवारीमा पठाएपछि खनाललाई सेरोमोनियन बनाउने रणनीतिमा सरकार लागेको जनाइन्छ ।

कार्की इमान्दार र क्षमतावान प्रहरी अधिकारी भएकाले उनलाई कार्यकारी भुमिकामा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा मुख्यालय तानिएको हो । खनाललाई बर्खास्त गर्नेबारे भने टुंगो लागि नसकेको जनाइन्छ । उनलाई चिनियाँ राष्ट्रपति सी जीन फिङको नेपाल भ्रमण अगाडी बर्खास्त गर्ने वा पछाडी भनेर टुंगो नलाग्दा उनको कार्यकालबारे अहिले नै भन्न नसकिने गृह स्रोतको दाबी छ ।

खनालले सरकारलाई नसोधी नेपालको परराष्ट्र नीति विपरित भारत पाकिस्तान प्रकरणमा समेत सहमति जनाएर सरकारलाई खबर समेत गरेका थिएनन् । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावमा समर्थन जनाएर नेपालको परराष्ट्र नीतिमाथि ठाडो उल्लङघन गरेको सरकारको बुझाई रहेको थियो ।

(पहिलो) भीभीआइपी/भीआइपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद गर्दा स्पेसिफिकेसन परिवर्तन गरी अनियमितता गरिएको अभियोग खनालमाथि छ। (दोस्रो) बुट, सर्ट/पाइन्ट, पिकअप भ्यान, मेसिनरी औजार खरिदमा भ्रस्टाचार आरोपमा अख्तियारले छानबिन गरिहेको छ। (तेस्रो) महानिरीक्षक खनालले गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेका बुट आर्थिक अनियमितता गरी स्वीकार गरेको अभियोग छ।

अख्तियारले तीब्र रुपमा अनुसन्धान गरिरहेका यी तीन वटै प्रकरणमा करोडौंको घोटाला भएको अनुमान छ। यसको केन्द्रमा प्रहरी महानिरीक्षक खनाल छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org