ताजा समाचार

धादिङमा बस दुर्घटना, घाइते ५ मध्ये ४ को अवस्था चिन्ताजनक !

धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका-१३, स्थित कटुञ्जेमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नेत्रावती गाँउपालिकाको सेमजोङबाट धादइङको सदरमुकाम धादइङबेसी आउदै गरेको बा ४ ख ५७९३ नम्बरको बस कटुञ्जेमा दुर्घटनाग्रस्त भएको हो ।

बस दुर्घटनामा घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका- ५ का दलबहादुर तामाङ, हस्तकुमारी तामाङ ,लक्ष्मी गुरुङ, चेन्डे दमाई, सान्त माया गुरुङ रहेका छन् । बसमा चालक सहचालकसहित जम्मा ७ जना यात्रु भएकाले धेरै क्षति हुन नपाएको स्थानीय बताएका छन् । भने बस सहचालकले चलाएको जनाइएको छ ।

बस चालक काठमाडौं महानगरपालिका-३ रामकोट बस्ने २६ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org