ताजा समाचार

कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश

कञ्चनपुर । नेपाली कांग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

जिल्लाको दक्षिणि क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष साउदले नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।

साउदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मङ्गलबार साँझ टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org