ताजा समाचार

भ्रमण छोट्याएर परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्विया भ्रम्न छोट्याएर स्वदेश फर्किएका छन् ।

भ्रमण तालिका भन्दा दुई दिन छिटो मन्त्री ज्ञावाली आज शुक्रबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

रुसी समकक्षी सर्गेई लाभरोभसँग मस्कोमा द्विपक्षीय भेटवार्ता गरेर पुटिनलाई नेपाल भ्रमणको औपचारीक निमन्त्रणा दिएर सर्विया पुगेका ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् ।

विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिट्टै स्वदेश फिर्ताट भएको जनाएपनि कारण भने खुलाउन चाहेनन् ।

रूस भ्रमण सकेर सर्विया गएका परराष्ट्र मन्त्री ज्ञवालीले आज सर्वियाली राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org