ताजा समाचार

मन्त्री विनाले मतदान गरेको ठाउँमा नेकपा विजयी

कञ्चनपुर । उपनिर्वाचनको नतिज सार्वजनिक हुनेक्रम जारी छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर ३ मा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५२८ मतसहित विजयी भएका हुन् ।

वडाध्यक्षमा विजयी तामाङले प्रमुख प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार दीपबहादुर तामाङ लगाएतका उम्मेदवारलाई पराजित गरेका हुन् । दीपबहादुरले ३१० मत ल्याएका थिए । भने, अन्य उम्मेदवार मध्ये भीम तामाङले हात चुनाव चिन्हमा ७४ र पदम शाहीले गाई चुनाव चिन्हमा ७ मत प्राप्त गरेका थिए । जसमा ११९९ कुल मतदाता थिए ।

खानेपानीमन्त्री विना मगरले समेत यहाँ पुगेर मतदान गरेकी थिइन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org