ताजा समाचार

दिल्लीमा भीषण आगलागी, ३४ बढीको मृत्यु

जेन्सी । भारतको राजधानी नयाँदिल्लीस्थित एक गोदाममा भएको आगलागीमा परेर कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।

भारतको दिललीस्थित रानी झाँसी रोडमा आइतबार बिहानैदेखि आगलागी भएको स्यहाँका समाचार एकेन्सीहरुले जनाएका छन् । केहिबेर अगाडीसम्म मृत्यु हुनेहरुको संख्या ३४ पुगेपनि थप बढ्न सक्ने जनाइएको छ । अहिले उद्धार कार्य चलिरहेको छ भने, धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् ।

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

पुरानो दिल्लीको यो क्षेत्रमा साँघुरा गल्ली छन् । उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको छ । आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org