ताजा समाचार

साग विजेता नेपाली फुटबल टोलीले जापानी जे लिग टिमसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्णपदक विजेता खेलाडीसँग जापानको जे लिग खेल्ने टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

सागको स्वर्णपदक विजेता नेपाली यू–२३ पुरुष फुटबल टोलीले जापानी जे लिग खेल्ने टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार जापानी टोलीले नेपालमा २ मैत्रीपूर्ण खेल खेल्दैछ ।

पहिलो खेल नेपाल यू–२३ फुटबल टिमसँग डिसेम्बर १३ मा हुनेछ । खेल दशरथ रंगशालमा हुनेछ । यस्तै, डिसेम्बर १५ मा नेपाली लिग च्याम्पियन मनाङ मस्र्यांदीसँग जापानी टोलीले मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

जापानी टिममा जे लिग खेल्ने विभिन्न क्लबका खेलाडीसम्मिलित यू–२२ टिम हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org