ताजा समाचार

सरकारबाट बाहिरिएपछि कांग्रेससँग तालमेल, समाजवादी पार्टीले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार

काठमाडौं । मनोनयन कै दिन समाजवादी पार्टीले राष्ट्रियसभा उम्मेदवार टुंगो लगाएको छ ।

पार्टी प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग तालमेल गरेर उम्मेदवारको टुंगो लगाएको हो ।

प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न सेख खातुन रहेका छन् । यस्तै, प्रदेश २ बाट रामप्रित पासवान र अनिरुद्रसिंह यादव तथा प्रदेश ५ बाट कृष्णप्रसाद यादवलाई उम्मेदवार बनाइएको हो ।

सरकारबाट बाहिरिएको समाजवादिले कांग्रेससँग तालमेल गरेपनि सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा)ले राजपासँग तालमेल गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org