ताजा समाचार

मध्यपूर्व र खाडीको आकाश प्रयोगमा अमेरिकाले लगायो प्रतिबन्ध

एजेन्सी । अमेरिकाको संघीय उड्ययन नियामक (फेडेरल एभिएसन एड्मिनिस्ट्रेशन–एफएए) ले एक सूचना जारी गर्दै इराक, इरान, ओमन र पर्सियन खाडी क्षेत्रमा विमान उडानमाथि प्रतिबन्ध लगाएको छ ।

इरानले इराकस्थित अमेरिकी सैन्यबेसमाथि क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले सो क्षेत्रमा नागरिक उयड्यनमाथि प्रतिबन्ध लगाएको हो ।

मध्यपूर्वमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको एफएएले जनाएको छ। राष्ट्रय सुरक्षाका सहयोगी, अमेरिकी वायुसेवा प्रदायक र नागरिक उड्ययन प्राधिकरणहरुलाई उडान प्रतिबन्धको सूचना दिइएको उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org