ताजा समाचार

इरानमा १ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना

इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ ।

प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।

फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ ।

उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन ।

विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org