ताजा समाचार

करोरोना भाइरस प्रभाव : हिमालयन एयरलाइन्सद्वारा चीनका तीन गन्तव्यमा उडान स्थगित

काठमाडाैं । उत्तरी छिमेकी चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि चीनका पाँच शहरमा उडान गर्दै आएको नेपालको निजीक्षेत्रको हिमालयन एयरलाइन्सले तत्कालिका लागि तीन शहरमा आफ्ना उडान स्थगित गरेको छ ।

केही सातादेखि चीनमा आक्राम रुपमा फैलिएको यो भाइरसका कारण चिनियाँ सरकारले समेत आफ्ना नागरिकलाई बाहिर जान बन्देज लगाएको अवस्थामा तत्कालका लागि चाङमा, कुइयाङ र शन्चेनमा उडान स्थगित गरेको हो ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार कम्पनीले काठमाडौँ–पेचिङ र काठमाडौँ–चोङछिङ उडान भने नियमित नै गर्नेछ । यो समाचार आजको आर्थिक अभियानमा हिमा विकले लेखेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org