ताजा समाचार

३२८ दिन अन्तरिक्षमा बिताएर जब यी महिलले सेताम्य हिउँकाे जमिनमा पाइला टेकिन्…

काठमाडाैं । झण्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टेक्दै गर्दा क्रिस्टिना कोच निकै हर्षित देखिन्थिन।

अन्तरिक्ष यान जमिनमा उत्रेलगत्तै सहयोगीले उनलाई कुर्सीमा राखे र गुरुत्वाकक्षण सन्तुलनका लागि मेडिकल टेन्ट तर्फ दैडाए।

आजको कान्तिपुर दैनिकमा अनुसार त्यसैक्रममा उनले भनिन्, ‘म निकै उत्साहत र निकै खुसी छु। मैले यो क्षणलाई अन्तरिक्ष नायकहरुका पाइला पछ्याइरहेका बेला भएको सम्मानका रुपमा लिएकी छु।’

खासमा उनी खुसी हुनुको मुख्य कारण हो, उनको नाममा बनेको नयाँ किर्तिमान।

लामो सय अन्तरिक्षमा बिताउने महिलाका रुपमा पेगी हिविट्सनको कीर्तिमान (२८९ दिन) उनले तोडेकी छन्।

सन् २०१९ मार्च १४ मा अन्तरिक्ष यात्रामा निस्केकी कोच ३२८ दिनपछि सोयुज यानमार्फत पृथ्वीमा ओर्लेकी हुन्।

अमेरिकी अन्तरिक्षण संस्था (नासा) की ४१ वर्षीया कोचको टोलीमा अन्य दुई अन्तरिक्ष यात्री युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ पनि थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org