ताजा समाचार

उपसभामुख दिन प्रधानमन्त्री ओलीले महन्थ ठाकुरसँग राखे यस्तो सर्त

काठमाडाैं । सत्तारुढ दल नेकपाले राष्ट्रिय जनता पार्टीसँग सभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ।

राजपाका नेताहरुका अनुसार सत्तारुढ दलका नेताहरु राजपालाई सभामुख पद दिन तयार छन् तर यसका लागि प्याकेजमा सहमति गर्नुपर्ने सत्तारुढ दलका नेताहरुको भनाई रहेको खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

बुधबार बिहान प्रधानमन्त्री केपी ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार कुराकानीमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए।

तर, यस विषयमा ठाकुरले स्पष्ट जबाफ दिएनन्।

ओलीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए।

त्यस क्रममा ओलीले राजपा संघीय सरकारमा आउनुपर्ने, त्यसपछि मात्र संवैधानिक आयोग र राजदूतहरुमा सहमति गर्न सकिने थप प्रस्ताव गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org