ताजा समाचार

‘लिभिङ टुगेदर’ संस्कृतिले सहरमा असुरक्षित गर्भपतन माैलाउँदै

काठमाडाैं । २० वर्षीया सृष्टि (नाम परिवर्तन) काठमाडौँको एक कलेजमा स्नातक तहमा अध्ययनरत छिन् ।

उनी विगत एक वर्षदेखि कलेजकै केटा साथीसँग प्रेममा थिइन् । गत महिना उनको महिनावारी ढिला भयो। जाँच गर्दा गर्भ रहेको पुष्टि भयो ।

उनले प्रेमीको सल्लाहबमोजिम एक क्लिनिकबाट औषधि किनेर खाएइन्। र, गर्भपतन गरिन् । गर्भपतनपछि उनी बिरामी परिन् । ‘त्यसपछि साथीहरुको सल्लाहमा अस्पताल गएँ,’ उनी भन्छिन् ।

आजको नयाँ पत्रिका दैनिकमा मञ्जु टेलरले लेखेको समाचार अनुसार एक १८ वर्षीया युवती क्षेत्रपाटीस्थिति एउटा औषधि पसलमा कमजोरीका कारण आफूलाई रिंगटा लाग्ने गरेको बताउँदै औषधि किन्न गइन्।

जाँच गर्दा उनको ब्लडप्रेसर कम हुनुका साथै हातगोडा पनि पहेँला भएका थिए । कुरा गर्दै जाँदा उनले दुई महिना अघि गर्भपतनको औषधि खाएको खुलाइन् ।

पछिल्लो समय सहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’ संस्कृति मौलाएको छ । यस्तो सम्बन्धमा रहेका युवतीहरुले गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेको पाइन्छ ।

काठमाडौँमा एक युवकसँग डेढ वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी कृष्णा (नाम परिवर्तन) यस्तै एक उदाहरण हुन् । पछिल्लो एक वर्षमा उनले तीनपटक गर्भपतनको औषधि प्रयोग गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org