ताजा समाचार

कोरोना संक्रमण रोक्ने चीनको सक्रियता सराहणिय, ज्यान गुमाउनेप्रति गहिरो समवेदनाः नेचिप्स

काठमाडाैं । नेपाल चीन हिमालय मैत्री समाज नेपालले चीनको वुहानमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउने नागरिकप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

समाजका महासचिव राजेन्द्र गाैतमले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसले आक्रान्त चिनियाँ सरकार र वुहानवासी सबैमा संयमता अपनाउन आग्रह गर्दै मृतकप्रति समवेदना प्रकट गरेको हो ।

विज्ञप्तिका चीन सरकारले भाइरस नियन्त्रणमा देखाएको अग्रसरताको प्रशंसा गर्दै विश्वका मानिसहरु कोरोना संक्रमणको डरबाट थप विश्वस्त हुन सकेको उल्लेख गरिएको छ । भने, नेपाल सरकारलाई समाजले छिमेकी मुलुक चीनलाई सकेको सहयोग गर्न समेत अपिल गरेको छ ।

यस्तै, चीनमा रहेका नेपालीलाई समेत समाजले दरिलो भएर सतर्कतापूर्वक वस्न र चीन सरकारले भाइरस संक्रमण देखिएका नेपाली नागरिकलाई राम्रो उपचार गर्नेमा विश्वस्त रहेरको जनाएको छ । नेपाल सरकारले चीन सरकारसँग समन्वय गरेर आवश्यक परेको खण्डमा स्वदेश फिर्ता ल्याउन समेत पहल गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेकपाका नेता गाैतम समाजका महासचिव हुन् ।

विज्ञप्तिः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org