ताजा समाचार

सानेपा घटनाः धारिलो वस्तु प्रहार गरी पूर्वसचिव पत्नीको हत्या गरेको आशंका

काठमाडाैँ ।   पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी हत्या गरेकाे देखिएकाे प्रहरीले जनाएकाे छ।

महानगरीय प्रहरी कार्यालयले मुनामाथि धारिलाे वस्तु प्रहार गरेकाे घटनास्थलकाे वस्तुस्थितिअनुसार प्रारम्भिक अनुसन्धानमा देखिएकाे जनाएकाे हाे।

ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा आफ्नै घरमा साेमबार बिहान मुना कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए। मुना सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती हुन्।

मुना उनको घरको भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा भेटिएपछि नजिकैको स्टार अस्पतालमा लगिएको थियो भने चौधरी अर्को कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए।

‘घट्नास्थलको अवलोकन गर्दा मुना कार्कीको धारिलो चीजले प्रहार गरेको देखिन्छ भने कामदार विजय चौधरी झुन्डिएर मृत्यु भएको देखिन्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले नेपालखबरसँग भने।

पूर्वसचिव अर्जुन कार्की।
उनका अनुसार सो घटना पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला भएको देखिन्छ। एकाबिहानै पशुपति दर्शन गर्न गएका पूर्वसचिव कार्कीले घर फर्किँदा उक्त विभत्स दृश्य देखेका थिए।

घटना देखेलगत्तै उनी बेहोस भएको बताइएको छ। पछि कार्कीले चिच्याएपछि वरपर हल्लाखल्ला भएको थियो। त्यसलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org