ताजा समाचार

कोरोना भाइरसः एकैदिनमा १०८ को मृत्यु, आजसम्म हजार बढीको मृत्यु

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट चीनमा १०८ जनाको मृत्यु भएको छ । आइतबार ९७ जना सोमबार १०३ जनाको मृत्यु भएको चिनियाँ सरकारी अधिकारीले जनाएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन्। यो संख्या आइतबारको तुलनामा भने धेरै कम हो।

आइतबार ३ हजार ६२ जना नयाँ संक्रमित भएका थिए । योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ ।

चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको छ । यसैबीच, चिनियाँ स्वास्थ्य अनुसन्धानकर्ताले कोरोना भाइरसको इन्क्युबेसन अवधि १४ बाट २४ दिन पुर्‍याउनुपर्ने हुन सक्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org