ताजा समाचार

चीन पठाइने जहाजको चालक दलका सदस्यलाई आज तालिम दिइँदै

काठमाडाैं । चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालले बुधबार तालिम दिँदैछ।

११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ’ तालिम दिन लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरुलाई तालिम दिनेछ।

चीन जाने चालक दलका सदस्यको नाम गोप्य राखिएको छ।

बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org