ताजा समाचार

कोरोनाको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिए सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिकाको ०३, गुम्बा वस्तीमा कोरोना भाइरससँग मिल्दोजुल्दो बिरामी भेटिएका छन् ।

जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका रोग पहिचान गरिदिन आग्रह गर्दै पत्राचार गरेको छ । गाउँपालिकाले रोग पहिचान गर्न विशेष टोली खटाइदिन आग्रह गर्दै पत्राचार गरेको हो ।

गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।

कोरोना संक्रमितमा देखिने जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले यसको पहिचानमा छिट्टै सहयोग गरिदिन आग्रह गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org