ताजा समाचार

पार्टी एकताको मर्म र भाबना बिपरित धावा बोल्ने कसैलाई छुट छैनः विद्यार्थी नेता श्रेष्ठ

पार्टी एकताको मर्म र भाबना बिपरित धावा बोल्नु, कम्युनिष्ट आन्दोलनप्रतिको गद्दारी होः सुमन श्रेष्ठ

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका केन्द्रिय सदस्य सुमन श्रेष्ठले राजनैतिक इतिहासलाइ नजरअन्दाज गर्नु र गराउनु पार्टी एकताको मर्म र भाबना बिपरित भएको बताएका छन।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका सुर्य थापाले तत्कालिन माओवादीले गरेको सशस्त्र युद्व जनयुद्व नभएको र त्यो आफैं विसर्जन भएको बताएपछि थापाकै गृहजिल्लाका युवा तथा विद्यार्थि नेता श्रेष्टले पार्टी एकताको मर्म र भाबना बिपरित धावा बोल्ने कसैलाइ छुट नरहेको बताएका हुन ।

तत्कालिन अनेरास्ववियु(क्रान्तिकारी) प्रदेश ५ का सहईञ्चार्जसमेत रहेका नेता श्रेष्टले सामाजिक सञ्जालमार्फत हामी अहिले बिशाल कम्युनिस्ट पार्टी एकताका प्रक्रियामा छौ।

हामी एकताको यस संगीन मोडमा हुदै गर्दा हामी बिचका फरक फरक राजनैतिक पृष्ठभुमि र राजनैतिक बलिदानीपुर्ण संघर्ष रहेका छन। यसर्थ कसैले कसैका राजनैतिक इतिहासलाइ नजरअन्दाज गर्नु र गराउनु पार्टी एकताको मर्म र भाबना बिपरित हुन्छ अझ त्यसमा पनि प्युठानि कम्युनिस्ट नेताहरुले त्यस प्रकारका गतिबिधी गर्नु वा मिडियाबाजी गर्नुले माटाेप्रतिको गद्दारी हुने बताए।

नेता श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो लेखेका छनः

नेपालको कम्युनिस्ट आन्दोलनलाइ हेर्दा प्युठान जिल्ला र प्युठानि कम्युनिस्ट नेताहरुको भुमिका महत्त्वपूर्ण देखिन्छ। खास गरि कम्युनिस्ट आन्दोलन भित्रको बैचारिक, दार्शनिक र साङ्गठनिक स्वरुलाइ हेर्दा प्युठानको ( जमिन ) माटाेमा जन्मिएका र प्युठानलाइ राजनैतिक कर्मथलो बनाएका कम्युनिस्ट नेताहरु नेपालको राजनितिमा इमान्दार, कर्तव्यनिष्ठ, बर्गियमुक्तिका अभियन्ता र कम्युनिस्ट आन्दोलनलाइ सुजबुझका साथ अगाडि बढाएको देखिन्छ।

नेपालमा कम्युनिस्ट पार्टीको टुट, फुट र बिभाजन पछि निकै नै ठुलो बलिदानीपुर्ण इतिहास हाम्रा सामु छर्लङ्ग देखा परेका छन। १० बर्से महान जनयुद्ध र झापा बिद्रोह कम्युनिस्ट पार्टी र नेपाली जनताका निम्ती रास्ट्रिय स्वाधीनता र स्वतन्त्रता पछिको उपलब्धीका रुपमा हामिले अहिलको ब्यबस्थालाइ पाएका छौ भने नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )ले लिएको ” जनताको जनबाद” लाइ तत्कालीन नेकपा माओवादी ( केन्द्र ) र तत्कालीन नेकपा एमालेले लिएको २१ औ शताब्दीको जनबाद र जनताको बहुदलिय जनबाद मार्फत बनाइएको पार्टीको कार्यदिशाका रुपमा हामिले लिएका छौ।

हामी अहिले बिशाल कम्युनिस्ट पार्टी एकताका प्रक्रियामा छौ। हामी एकताको यस संगीन मोडमा हुदै गर्दा हामी बिचका फरक फरक राजनैतिक पृष्ठभुमि र राजनैतिक बलिदानीपुर्ण संघर्ष रहेका छन। यसर्थ कसैले कसैका राजनैतिक इतिहासलाइ नजरअन्दाज गर्नु र गराउनु पार्टी एकताको मर्म र भाबना बिपरित हुन्छ अझ त्यसमा पनि प्युठानि कम्युनिस्ट नेताहरुले त्यस प्रकारका गतिबिधी गर्नु वा मिडियाबाजी गर्नुले माटाेप्रतिको गद्दारी हुन जान्छ।

त्यसकारण पार्टी एकताको संगीन मोडमा हुदै गर्दा पार्टी एकतालाइ र नेपाली जनताको भाबनामा ठेस लाग्ने खालका गतिविधिमा नलागी पार्टीको मुलधारमा उभिइ रास्ट्रिय स्वाधिनताको रक्षा गर्दै, सुखि नेपाली सम्दृद्द नेपालको अभियानमा लाग्न जिल्लाबाट प्रतिनिधित्व गर्ने नेतृत्वलाइ सुझाब पेस गर्दछु।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org