ताजा समाचार

वुहानबाट उद्दार गरि ल्याइएका नेपालीलाई लगियो क्वारेन्टाइनस्थल

काठमाडौं । चीनबाट उद्धार गरि ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उद्गमस्थल चीनको वुहानबाट नेपाल ल्याइएका १७५ नेपालीलाई क्वारेन्टाइसस्थल लगिको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरुको स्वास्थ्य जाँच गर्दा कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राख्न लगिएको हो ।

उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।

वुहानबाट नेपाल फर्किएकाहरुमा १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । ६ जनामा भने ज्वरो देखिएको भन्दै चीनले वुहान विमानस्थलमै रोकेको छ । तीन जना भने नेपाल फर्कन इच्छा नदेखाएर वुहानमै बसेका दूतावासले जनाएको छ ।

उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो ।

खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने अधिकारीहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org