ताजा समाचार

यी हुन् पूर्वमिस नेपाल श्रृंखलाका प्रेमी

काठमाडाैं । केही समययता पूर्वमिस नेपाल शृंखला खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा रहेको चर्चा बजारमा खुब चलेको थियो। तर दुवै यसलाई स्वीकार गरिरहेका थिएनन्।

टर्कीको इस्तानबुल भ्रमणमा रहेका बेला शृंखलाले सिसनसँग छातीमा टाउको राखेको तस्बिर बाहिरिएपछि यो अफेयर हल्लाले झन् ठूलो आकार लियो। तैपनि शृंखललो स्वीकारिनन्।

केही हप्ताअघि कमेडी च्याम्पियनको सोमा शृंखला अतिथि बनेर पुग्दा प्रतिस्पर्धी सुमन कोइरालाले सिसन बानियाँले उडाएको कुरा पनि नराम्रो हुन्छ र भन्दै व्यंग्य गरे तैपनि उनी केही बोलिनन्, बस् पेट मिचिमिचि हाँसिन्। आज शुक्रबार प्रकाशित शुक्रबार साप्ताहिकले छापेको छ।

प्रेम स्वीकार्न सायद उनी भ्यालेन्टाइन डे कुरिरहेकी थिइन्, त्यसैले त फेब्रुअरी १४ मा उनले इन्स्टाग्राममा सानो भिडियो क्लिप राखिन् र लेखिन्, ‘एक्साइटिङ डेट फर अस।’

भिडियोमा सिसन बिस्तारै उनको पछाडि देखापर्छन्। ‘प्रेमको योभन्दा मीठो घोषणा अरू के हुन सक्छ र,’ बजारमा अहिले यो जोडीलाई शुभकामना दिनेहरू बढेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org