ताजा समाचार

विवादरहित र शान्त भएको दिन पार्टी नै चाहिँदैन: प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीमा विवाद नभए पार्टी नै नरहने जनाएका छन् ।

काठमाडाैंको राजधानीस्थित यलम्बर पार्टी प्यालेसमा चलिरहेको बाग्मती प्रदेशस्तरिय रानजीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई संबोधन गर्दै उनले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य भएको प्रतिक्रिया दिएका हुन् ।

यसबारे प्रश्न कोट्याउदै प्रचण्डले भने, ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो । नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो । हामीलाई पनि त्यस्तै लाग्छ । हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त भएपछि समाजवाद आउँछ र त्यसपछि पार्टी नै चाहिँदैन ।’ उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने पनि बताए ।

पछिल्लो समय पार्टीमा विवाद चर्किएको छ । आज त्यहि विवादका माझ ओली-प्रचण्ड भेलालाई संबोधन गर्न उपस्थित भएका हुन् । उपाध्यक्ष वामदेव गाैतमलाई राष्ट्रियसभामा लैजाने विषयमा मतभेद देखिएपछि नेकपामा गम्भीर समस्या देखिएको जनाइन थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org