ताजा समाचार

काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकमा आकासे पुल

काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा आकासे पुल बन्ने भएको छ ।

संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले आकासे पुल निर्माण गर्ने भएको हो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा आकासे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ । सर्वसाधारणलाई बाटो काट्न सहजताका लागि आकासे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आकासे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वाससमेत लिएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org