ताजा समाचार

कोरोना भाइरसका कारण इटली पुरै देश ‘लकडाउन’

एजेन्सी । इटलीले पुरै देश लकडाउन गरेको छ ।

कोरोना भाइरसविरुद्ध इटलीले कडा निति अबलम्बन गर्दै देशभर आपतकालीन नीति लागु गरिएको हो । जसकारण देशैभर सार्वजनिक जमघटमा समेत प्रतिबन्ध लगाइएको छ ।

सोमबार प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले देशका नागरिकलाई घरमै बस्न र अत्यावश्यक यात्राका लागि अनुमती लिन आदेश दिएका छन् ।

उनले उक्त नीति सबैभन्दा कमजोरको सुरक्षालाई मध्यनजर गर्दै बनाइएको बताएका छन् । ‘यसका लागि हामीसँग थप समय छैन,’ उनले टिभीमार्फत् गरिएको सम्बोधनमा भने ।

सोमबार इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ६६ बाट ४ सय ६३ पुगेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि इटालीमा बढी छ ।

आइतबारको तुलनामा सोमबार संक्रमितको संख्यामा २४ प्रतिशतको वृद्धि भएको आधिकारिक आँकडाले जनाएको छ ।

इटालीका २० इलाकामा कोरोना भाइरसको पुष्टि भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org