ताजा समाचार

गोकुल बाँस्कोटाको घरमा शक्तिशाली बम बिस्फोट !

काठमाडाैं । पूर्व सञ्चारमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटाको घरमा शक्तिशाली बम विस्फोट भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-०१, स्थित मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा प्रेसर बम विस्पोट भएको हो ।

आज बिहान बाँस्कोटाको घरमा ठूलो आवाजसहित बम विस्फओट भएको हो । विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ।

बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org