ताजा समाचार

कुवेतमा उडान बन्द, कर्मचारीलाई दुई साता छुट्टी

एजेन्सी । कुवेत सरकारले सवै व्यवसायीक उडान बन्द गर्नुका साथै दुई हप्ता लमो छुट्टी दिएको छ ।

विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान बन्द गरिएको कुवेत सरकारले जनाएको छ ।

यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् ।

कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिएको छ । आजबाट लागू हुने बिदा मार्च २६ का दिनसम्म रहनेछ ।

त्यसैगरी, बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला हुन पनि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org