ताजा समाचार

‘कमेडी च्याम्पियन’ पहिलो संस्करणको उपाधि हिमेश पन्तलाई

काठमाडौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् ।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए ।
धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन् । उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन् । उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए ।

शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए ।विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org