ताजा समाचार

राष्ट्रपति ट्रम्पको कोरोना भाइरस परिक्षणको रिपोर्ट यस्तो आयो !

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस (कोभिड-१९) संक्रमण परिक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

ह्वाइट हाउसका चिकित्सकले शनिबार ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘आज साँझ प्राप्त रिपोर्ट नेगेटिभ देखिएको पुष्टि भएको छ’ ट्रम्पका चिकित्सक सेन कोन्लीले भनेका छन्।

एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ उपस्थित केहीमा कोभिड–१९ भाइसर संक्रमण देखिएको थियो । उनी ती प्रतिनिधि मण्डलसँगै रात्री भोजमा समेत सहभागी भएका थिए ।

७३ वर्षीय राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमणको आशंका गरिएको थियो । त्यसपछि उनको कोरोना संक्रमण परिक्षण गरिएको थियो । अमेरिकामा अहिलेसम्म कोरोना का कारण ५९ जनाको मृत्यु भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org