ताजा समाचार

कोरोनाविरुद्ध लड्न सार्क मुलुक आज भिडियो कन्फेरेन्स गर्दै

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन सार्क राष्ट्र मुलुक सदस्यहरुले आज भिडियो कन्फेरेन्समार्फत छलफल गर्ने भएका हुन् ।

भिडियो कन्फेरेन्सबाट आज साँझ नेपाली समयअनुसार सवा ५ बजे छलफल हुने भएको हो । छलफलको नेतृत्व भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भएका हुन् ।

नेपालको तर्पबाट मिर्गाैला प्रत्यारोपण गरेपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी भएर छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट सम्बोधन गर्नेछन‍् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले कोरोनाविरुद्ध लड्न सार्क मुलुक मिलेर साझा रणनीति बनाउने बताएका छन् ।

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण लामो समयदेखि सार्क निष्कृय छ । तर, भिडियो कन्फरेन्समा पाकिस्तान पनि सहभागी हुने बताइएको छ ।

सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org