ताजा समाचार

प्रधानमन्त्री ओली स्वास्थ्य परिक्षण गराउन त्रिवि शिक्षण अस्पताल जाँदै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल जाने भएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि पहिलो पटक उनि अस्पतालमा स्वास्थ्य जाँच गराउन जान लागेका हुन् ।

प्रधानमन्त्री ओली अस्पतालमा स्वास्थ्य जाँच गराउन जाने कुरा अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गालाई जानकारी गराइएको छ । मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली फलो अपका लागि आइतबार अस्पताल आउन लागेको जानकारी पाएको डा. खडगाले बताएका छन् ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् । शिक्षण अस्पतालमा २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। उनको भने फागुन २८ गते डिस्चार्ज गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org