ताजा समाचार

प्रधानमन्त्री ओली फलोअपका लागि शिक्षण अस्पतालमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

प्रधानमन्त्री ओली पेटमा राखिएको स्टन्ट निकाल्नका लागि अस्पताल पुगेका हुन् ।

मिर्गाैला प्रत्यारोपण गर्दा उनको पेटमा राखिएको स्टन्ट निकाल्न अस्पताल गएको प्रधानमन्त्री ओलीका पइ्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

यसअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओली शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org